सलोन र स्वस्तिमा सिक्किम सडकमा नाचेपछि... (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सलोन र स्वस्तिमा सिक्किम सडकमा नाचेपछि… (भिडियो)

swastima-salon

काठमाडौं, १० बैशाख । प्रेमकथानक फिल्म “हजार जुनीसम्म”मा समाविष्ट ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । विकासराज आचार्य निर्देशित फिल्मको सो गीत सोमबार राजधानीमा प्रेसमिट गरी दर्शकमाझ ल्याइएको हो ।

राजनराज सिवाकोटी र मेलिना राईले गाएको गीतको शब्द र संगीत पनि राजनराजकै हो । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत र नवअभिनेता अखिलेश प्रधानले डान्स गरेका छन् ।

गीत सिक्किमको एमजी रोडमै खिचिएको हो । साउन ३० गते प्रदर्शन हुने फिल्मको कार्यकारी निर्मातामा कविता रेग्मी छिन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा स्वस्तिमा, सलोन, अखिलेशका साथमा आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मीलगायतले अभिनय गरेका छन् ।

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);