अप्रिल २०१९ मा गद्दी त्याग्ने जापानी सम्राटको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

काठमाडौं, १५ मंसिर । जापानी सम्राट आकिहितोले सन् २०१९ को अप्रिल महिनामा राजगद्दी त्याग्ने भएका छन्। सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो अबेले यो मिति घोषणा गरेका हुन् ।

८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए। गद्दी त्यागबारे शुक्रबार छलफल भएको थियो।

लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री अबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने बताए। त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन्।