गाउँघरमा कुखुराको चल्ला हराए खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्य हराउँदा कोही खोज्दैनन्ः सांसद महत  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गाउँघरमा कुखुराको चल्ला हराए खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्य हराउँदा कोही खोज्दैनन्ः सांसद महत 

काठमाडौं। सांसद गजेन्द्र बहादुर महतले नेकपा एमालेको अर्थ तथा योजना केन्द्रीय विभागको सदस्य एम अधिकारीको खोजी गर्न सम्पूर्ण अधिकारीहरुलाई अनुरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बौल्दै उनले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको खोजी नगरेका कारण अधिकारी थर भएकाहरुले नै उनको खोजी गर्नुपर्ने बताएका हुन् । ‘हाम्रो गाउँघरतिर कुखराको चल्ला हराए पनि खोजी हुन्छ, यहाँ सबैभन्दा ठूलो पार्टीको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी अहिले न सरकार गर्छ, न प्रतिपक्षी गर्छ । मैले अनौठो मानिरहेको छु,’ उनले भने । सरकार एम अधिकारीको खोजी गर्ने जिम्मा विद्यार्थीलाई दिएको उनले जनाए । प्रतिपक्षी दल एमाले भने आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामरा खोज्दै हिडेको आरोप उनले लगाए । ‘यहाँ कस्तो विडम्बना छ भने सीसी क्यामरा खोज्ने समिति बनेको छ, तर महत्वपूर्ण मान्छे खोज्न समिति बनेको छैन । अब यो कसले खोजीदिने ?,’ उनले प्रश्न गरे ।

सरकार र प्रतिपक्षी दलले बेवास्ता गरेका कारण अब एम अधिकारीको खोजीमा अधिकारी थर भएको सबै लाग्नु पर्ने उनले बताए । ‘हाम्रो गाउँघरमा महत थरको मान्छे हरायो भने त्यो अरुको जिम्मा हुँदैन, महत थरकै मान्छेहरु खोज्छन् । हरायो भने अपुताली खाने जिम्मा पनि महतहरुकै हुन्छ, खोज्न काम पनि उनीहरुकै हुन्छ । यहाँ एम अधिकारी हराएको हुँदा, सरकार प्रतिपक्षले नखोजे पनि अधिकारीहरुले खोज्न पर्यो । अरु कसलाई भनु म, अब यो खोज्ने जिम्म अधिकारी थर भएकालाई दिनुपर्यो,’ उनले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);