माओवादीबाट निर्वाचित जनप्रतिनिधिबाट बर्दिवास नगर कार्यापालिका बैठक बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

माओवादीबाट निर्वाचित जनप्रतिनिधिबाट बर्दिवास नगर कार्यापालिका बैठक बहिष्कार

maobadi kendra

बर्दिबास। विधि–विधानअनुसार बर्दिबास नगर कार्यापालिका बैठक सञ्चालन नभएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन् । बैठक स्थानीय सरकार सञ्चालन ऐन तथा कार्यविधिअनुसार नभएका कारण बहिष्कार गर्नु परेको वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरूको भनाइ छ ।’बैठकलाई व्यवस्थित र कार्यविधिमा रहेर सञ्चालन गर्न अनुरोध गर्याै तर उहाँहरूले नमानेपछि हामी बैठकबाट निस्क्यौ ।´ वडाध्यक्ष सम्सेर सिंहले भने । बैठकमा भएका निर्णय सकेसम्म सर्वसम्मत गर्नुपर्ने नत्र ५१ प्रतिशत बहुमत पुर्‍याएर पारित गर्नुपर्ने कार्यविधि भए पनि नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले जबर्जस्ती गर्न खोजेको जनप्रतिनिधिहरूको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृतले पहिल्यै माइनट तयार गरेर हस्ताक्षर गराउने र निर्णयहरू सर्वसम्मत भएको भन्दै सार्वजनिक गर्ने परिपाटीले जनतामा नराम्रो छाप परिरहेको बताउँदै बैठकलाई व्यवस्थित नबनाए बहिष्कार जारी रहने उनीहरूको भनाइ छ । नेपाली काङ्ग्रेसबाट बागी उम्मेदवार दिएर निर्वाचित भएका नगरप्रमुख प्रल्हाद क्षेत्रीकै अहिले कार्यपालिकामा बहुमत छ।

 

Leave a Reply