यस्तो रह्यो बिहीबारको शेयर कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १४ मंसिर । आज शेयर बजार परिसूचक नेप्से १.५५ अंकले बढेर १५ सय ३७.६७ अंकमा उक्लिएको छ । १५ सय ३६ अंकबाट सुरु भएको बजार दिनभर उतरचढाव हुँदै अन्तिम ६ मिनेटमा हरियो हुँदै बन्द भयो ।

आज १ सय ६४ कम्पनीका १३ लाख ५१ हजार कित्ता शेयर किनबेच भयो । कुल ७४ करोड ५९ लाख रुपैयाँका शेयर किनबेच भए । सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीको चार करोड ५५ लाख रुपैयाँको शेयर खरिद बिक्रि भएको छ ।

उपसूचक मिस्रित देखिएका छन् । नौ समुहको कारोबारमा ६ समूह बढेका छन् भने तीन समूह घटेका छन् । बैंक ० दशमलव शुन्य एक, होटल १ दशमलव दुई, जलबिद्युत १ दशमलव शुन्य सात, बीमा ० दशमलव दुई पाँच, अन्य ० दशमलव १ र लघुवित्त ० दशमलव तीन–तीन प्रतिशतले बढेका छन् । विकास बैंक ० दशमलव चार तीन, फाइनान्स ० दशमलव पाँच दुई, उत्पादनमूलक ० दशमलव तीन दुई प्रतिशतले घटेका छन् ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);