बर्दिवासमा वडाध्यक्षमाथि कुटपिट, किटानी जाहेरी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बर्दिवासमा वडाध्यक्षमाथि कुटपिट, किटानी जाहेरी दर्ता

महोत्तरी। वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिवास नगरपालिका-१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनकाे ध्यानाकर्षण गराएका हुन् ।राजनीतिक प्रतिशाेध लिने उद्देश्यले नियोजित ढंगबाट घटना भएकाे भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ। आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले पूर्वाग्राही ढंगले यस्ता दुर्व्यवहारकाे घटना गराएकाे आराेप लागेकाे छ ।वडाध्यक्ष साहले आइतबार नै पीडकहरूविरुद्ध प्रशासनमा किटानी जाहेरी दिएका छन्।अभद्र व्यवहार कसुरअन्तर्गत दिएको उक्त किटानी जाहेरीमा स्थानीय सोहन पौडेल, समीर बैठा, रामनवीन महतो, विमलेश महतो, सन्जिव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नट संलग्न भएको बताइएको छ।

हातपात गर्ने क्रममा वडाध्यक्ष साहको दायाँ हातमा चोट लागेको छ भने एउटा मोबाइलसमेत हराएको स्थानीयले बताएका छन् । वडा नम्बर १२ को वडा कार्यालयमा स्थानीयहरूसँग छलफल भइरहेका वेला २९ असारमा आक्रमण भएकाे थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);