ख्वप: कलेजमा ह्वाट एफ्टर प्लस टु म्यानेजमेन्ट हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ख्वप: कलेजमा ह्वाट एफ्टर प्लस टु म्यानेजमेन्ट हुने

भक्तपुर। भक्तपुरको ख्वपः कलेजमा ह्वाट आफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढ्ने) विषयमा परामर्श कार्यक्रम हुने भएको छ।
शनिबार बिहान ११ बजे दस जोड दुई पास गरेपछि के पढ्दा के के हुन्छ भन्ने परामर्श कार्यक्रम हुने जनाइएको छ । कलेजका प्राचार्य रुपक जोशीले व्यवस्थपन विषय लिई स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि मागदर्शन गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा विज्ञहरुले व्यवस्थापनका विषयहरू के के छन् ?, कहाँंकहाँं पढ्न पाइन्छ ? पढेपछि के के हुन पाइन्छ ? यसका स्कोप केके छन् ? आदि विषयमा जानकारी विद्यार्थीले पाउने उनको भनाइ छ ।

परामर्शका कार्यक्रममा सहभागी हुन विद्यार्थीले फारम भर्नुपर्ने छ । विद्यार्थी अनि अभिभावकहरुको मागलाई मध्यनगर गरी कार्यक्रम चलाउन लागेको जनाइएको छ।भविष्यमा साइन्स, मानविकी, शिक्षाशास्त्र, कानुनलगायतका विषयमा पनि यस्तो कार्यक्रम राख्ने योजना रहेको कलेजले जानकारी गराएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);