डी मारिया युभेन्ट्समा आउने पक्का  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

डी मारिया युभेन्ट्समा आउने पक्का 

काठमाडौं। फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ड जर्मेन (पिएसजी) यसै सिजन छाडेका मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्टस जाने पक्का भएको छ । अर्जेन्टिनी विंगर डी मारिया र युभेन्टसबीच ‘फ्रि ट्रान्सफर’ सम्झौताको सम्पूर्ण प्रकृया पूरा भइसकेको खुलेको छ । दुईबीचको सम्झौता एक वर्षको हुनेछ ।

सन् २०१५ मा पिएसजीमा अनुबन्धित भएका डी मारिया यसै वर्षको जुनमा पिएसजीबाट फुकुवा भएका थिए । त्यसअघि डी मारियाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियाल मड्रिडबाट समेत खेलेका थिए ।

Leave a Reply