एकैदिन चट्याङ्ग लागेर २ मृत्यु, १३ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

एकैदिन चट्याङ्ग लागेर २ मृत्यु, १३ जना घाईते

काठमाडौं। एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन् । प्युठानको ऐरावती– ६ बिजुलिकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । सोही स्थानमा चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरुको उपचार अहिले जिल्ला अस्पतालमा भइरहेको छ । प्युठानकै ऐरावती–१ महारानी बस्ने एक बालिका र तीन जना महिला पनि सोमबार चट्याङ लागेर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ स्थित एक कच्ची घरमा चट्याङ पर्दा दुई जना घाइते भएका छन् । दैलेखकै महाबु गाउँपालिका–१ खैरिगैरामा परेको चट्याङ लागेर दुई जना घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);