काठमाडौं । पहिरोले पोखरा-जोमसोम सडक खण्ड अन्तर्गत रहेको बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठूलो ढुंगासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने अनुमान प्रहरीले गरेको छ ।
पहिरोले पोखरा–जोमसोम सडक खण्ड अन्तर्गत रहेको बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
११ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
१५ घन्टा अघि