पोखराको दी यात्राले पायो चर्चित अर्वाड ‘लक्जरी बुटिक होटल’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरा, १२ मंसिर । पोखराको लेकसाइडमा सन्चालित सर्वाधिक लोकप्रिय दि यात्रा कोर्टयार्ड होटल एन्ड रिसोर्टले यो वर्षको लक्जरी बुटिक होटलको उपाधि जितेको छ । बेलायतको लक्जरी ट्राभल गाइड एलटीजीले कोर्टयार्डलाई उत्कृष्ट छनोट गर्दै यो उपाधि प्रदान गरेको हो ।

ट्राभल गाइडले केहि दिन अघि बेलायतमा आयोजित विशेष कार्यक्रममा दि यात्रालाई यो अवार्ड दिएको छ । संसारभरका ट्राभल, होटल, स्पा, एभिएसन, रेस्टुरेन्ट, गन्तव्य लगायतलाई उत्कृष्ट चुन्दै आएको एलटीजीले विश्वका उत्कृष्ट पाँच वटा बुटिक होटलको विधामा दि यात्रा कोर्टयार्डलाई चयन गरेको थियो ।

 

दि यात्राका संचालक रामचन्द्र भट्टराईले लक्जरी बुटिकको विधामा विश्वकै उत्कृष्ट पाँच भित्र परेको बताए । ‘विश्वका उत्कृष्ट पाँचभित्र त परेको थियो । एशियाली मुलुकभित्रबाट पनि उत्कृष्टमा परेका छौं,’ उनले भने, ‘यसले हामीलाई गौरब बनाएको छ ।’ होटलको बनोट, उपलब्ध सुविधा, कोठाको भित्री र बाहिरी संरचना र डिजाईन, वेभसाइट लगायतलाई आधार बनाएर विज्ञसहितको टोलीले छनोट गरेको भट्टराईले बताए ।

 

आयोजकले विभिन्न वेभसाइटबाट होटलको बारेमा अध्ययन गरेर छनोटमा परेको बारे होटललाइ जानकारी दिएको थियो । दुई वर्षअघि मात्र लेकसाइडमा खुलेको चारतारे स्तरको दि यात्राले पाएको यो अवार्डले पोखराको पर्यटन विकासका लागि विशेष सघाउने उनले बताए । ‘यसले हामीलाई मात्र नभई होटलमा बस्ने पाहुनालाई पनि खुसी बनाउनेछ,’ उनले भने, ‘पोखरामा पनि उत्कृष्ट होटल लगायतका पुर्वाधार रहेछन् भन्ने यसले पुष्टि गरेको छ ।’

 

दि यात्रा कोर्टयार्डले पाएको यो अवार्डले पोखराको पर्यटन क्षेत्रको गुणस्तर कायम राख्न सघाउने उनले बताए । ‘पोखरामा पनि उत्कृष्ट रिसोर्ट रहेछन् भन्ने अन्तर्राष्ट्रिय जगतले थाहा पाउनेछ,’ भट्टराइले भने । ४८ वटा सुविधासम्पन्न ‘डिलक्स रुम’ सहितको रिसोर्ट साढे ६ रोपनी क्षेत्रफल भित्र बनेको छ । रिसोर्टमा एउटा ‘सुइट’, २ ‘फ्यामिली’ र ४५ ‘डिलक्स रुम’ छन् । चारतारे यो रिसोर्टभित्र लिफ्ट, रेस्टुरेन्ट, सेमिनार हल, स्पा, सहितका पुर्वाधार छन् ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);