राष्ट्रिय धान दिवस : कृषिक्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ- प्रदेश प्रमुख शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राष्ट्रिय धान दिवस : कृषिक्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ- प्रदेश प्रमुख शर्मा

हेटौंडा। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । १५ असारमा राष्ट्रिय धान दिवस मनाइने गरिन्छ । सोही अनुसार बुधबार प्रदेश प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्दै कामना गर्दै शुभकामना व्यक्त गरेका हुन् । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा शुभकामना व्यक्त गर्दै  शर्माले १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउन थालेयता यस दिवसलाई महत्व दिइएको बताए । ‘हामी विशेष महत्वका साथ यो दिवस मनाउँदै आइरहेका छौं । यो अवसरमा सम्पूर्ण देशवासीका साथै बागमती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।

शर्माले नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए। मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडी बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक भएको शर्माको शुभकामना सन्देशमा उल्लेख छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);