गाउँमै पुगेर लागु औषधविरुद्ध सचेतना  | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

गाउँमै पुगेर लागु औषधविरुद्ध सचेतना 

सुर्खेत। प्रहरीले जाजरकोटका सबै पालिकामा लागु औषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ। दुर्गम गाउँका विद्यालय तथा बस्तीमै पुगेर सचेतना कार्यक्रम सुरु गरेको डिएसपी सन्तोष निरौलाले बताए । यही क्रममा छुवाछुतविरुद्ध अभियान समेत सञ्चालन गरेको उनकाे भनाइ छ।

बिहीबार कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम गरेकाे प्रहरीले बताएको छ। जाजरकोटमा सात पालिका छन्। सात पालिकामा चार सय ५१ भन्दा बढी विद्यालय छन्।

Leave a Reply

ताजा समाचार