नदीमा खस्दा किशाेरीकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नदीमा खस्दा किशाेरीकाे मृत्यु

बैतडी। बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशाेरीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ६ बाट बैतडीको सिगास ६ मोरिबगर आउदैँ गरेकी अधिकारी नदीमा खसेकी हुन्।

नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले  निकालेका थिए । एक साता अगाडि  एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए। बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको  जिवितै उद्धार हुन नसकेकाे स्थानीय शिक्षक पदम साउदले बताए ।  गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);