९ फागुन, काठमाडौं । सरकारले संसदमा दर्ता भएको संविधान संसोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबारको संसद बैठकबाट संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको हो । त्यसैगरी बैठकले स्थानीय तहको संख्यामा हेरफेर गर्ने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद बैठकले स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको समितिले बुझाएको अध्ययन प्रतिवेदन स्वीकार गरेको छ । विज्ञहरुसँग छलफल गरेर पुनर्संरचना प्रतिवेदन टुंगाउन मन्त्री पाण्डे नेतृत्वको कार्यदललाई एक साताको समय दिने निर्णय समेत भएको छ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा असन्तुष्टी देखिएको भन्दै सरकारले तीन मन्त्रीको अध्ययन समिति बनाएको थियो ।
पुनर्संरचना आयोगले गाउँपालिका र नगरपालिका गरी तय गरेको ७ सय १९ को संख्यालाई तराईमा जनसंख्याका आधारमा तथा हिमाल र पहाडमा भूगोलका आधारमा संख्या हेरफेर गर्ने जनाइएको छ ।