काठमाडौँ, १० मंसिर। निर्वाचन आयोगका अनुसार अपरान्ह तीन बजेसम्म ५५ प्रतिशत भन्दा बढी मतदान भएको छ। मतदाताहरु आउने क्रम जारी नै रहेको निर्वाचन आयोगले बताएको छ। पहिलो चरणमा देश भरको ३२ जिल्लामा मतदान भइरहेको छ।
केही निर्वाचन क्षेत्रमा अवरोध प्रयास भएपनि नियन्त्रणमा लिइएको आयोगको दाबी छ।
पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको हो। ३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्र तोकिएका छन्।