१० बजेसम्म २५ प्रतिशत मतदान सकियो | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

काठमाडौँ, १० मंसिर। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शुरु भएको मतदानमा विहान १० बजेसम्ममा २५ प्रतिशत मतदान भइसकेको छ।

निर्वाचन आयोगले जानकारी दिए अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान शुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपुर्ण ढंगले भइरहेको छ।

प्रतिनिधि सभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ।

पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।