निताको ह्रस्व दीर्घ रामोजी फिल्म सिटीमा खिचिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

निताको ह्रस्व दीर्घ रामोजी फिल्म सिटीमा खिचिने

काठमाडौं। अभिनेत्री निता ढुंगानाको कम्पनी निता फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएको छ । निर्मात्री तथा फिल्मकी प्रमुख अभिनेत्री निताका अनुसार हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको छ । रामोजी फिल्म सिटीलाई संसारकै सर्वाधिक ठूलो फिल्म सिटीको रुपमा चिनिन्छ । यो फिल्म सिटीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि नाम दर्ता गराइसकेको छ ।

बलिउड तथा दक्षिण भारतीय फिल्महरु छायांकन हुने रामोजी फिल्म सिटीमा पहिलोपटक नेपाली फिल्म छायांकन हुन लागेको हो । निता र हरिहरको प्रमुख भूमिका रहने फिल्ममा केही भारतीय कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय फिल्मका चर्चाका कलाकारहरु अभिनयमा रहनेछन् । चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्मको प्रतिलिपि अधिकार निर्माण कम्पनीले आफ्नो व्यानरमा दर्ता गरेका छन्। नेपाली फिल्म पाइरेसीदेखि कथा जुध्ने र सोही प्रकृतिका विषयवस्तुरु अन्य कम्पनी र फिल्महरुदेखि सामाजिक सञ्जालसम्ममा प्रयोग हुने क्रम बढेकोले फिल्मको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरि अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरी प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरेका छौं’, निताले भनिन् ।

फिल्म साउनबाट फ्लोरमा जानेछ । फिल्मको छायांकार कविरलाल हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);