अनुशासन हिनताका कारण स्थानीय तहमा जनमत गुम्यो : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अनुशासन हिनताका कारण स्थानीय तहमा जनमत गुम्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासन हिनता मुख्य कारण भएको बताएका छन् । बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलहरुका कारणले नभइ आफ्नै कारणले जनमत गुमाउनु परेको बताएका थिए ।

आगामी निर्वाचनमा यसलाई सुधार गरेर जानु पर्ने उनको भनाइ थियो । ओलीले प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत हुन समेत  निर्देशन दिए । संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता बसेको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल सहित २२ जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);