वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको छ : हृदयेश त्रिपाठी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको छ : हृदयेश त्रिपाठी

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली अपनाइरहेका छौँ, त्यो दूरगामी ढंगले नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्ने एउटा अवस्था सृजना गराइसकेको छ । यसकारण रेकर्ड गराउन चहान्छु कि एक वर्षपछि यहाँका अर्थशास्त्री र सरकारी संयन्त्र सुधार्ने लाग्नुपर्छ ।’ राजश्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै उनले देशको कर प्रणाली आयातमुखी  रहेको र यसलाई घटाउँदा राजश्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);