योगेशको प्रश्न अर्थमन्त्रीलाई कमिसन नपाएर शिक्षा र स्वास्थ्यको बजेट नबढाएको हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

योगेशको प्रश्न अर्थमन्त्रीलाई कमिसन नपाएर शिक्षा र स्वास्थ्यको बजेट नबढाएको हो ?

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले ‘कमिसन नआउने भएकै कारण शिक्षा र स्वास्थ्यमा बजेट नबढाइएको हो ?’ भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले विगतमा मन्त्री पदमा नरहँदा शर्माले नै कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा बजेट नबढाउने टिप्पणी गरेकोबारे ध्यानाकर्षण गराएका हुन् । ‘टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताउनुभएको रहेछ । अहिले पनि शिक्षा र स्वास्थ्यमा बजेट उल्लेख्य बढाइएको छैन । अर्थमन्त्रीज्यूलाई मेरो गम्भीर प्रश्न छ, के कमिसन नआउने भएकाले शिक्षा(स्वास्थ्यको बजेट नबढाउनुभएको हो ?’, भट्टराईले प्रश्न गरे ।

यसपटकको बजेट गन्तव्यहीन भएको टिप्पणी गर्दै भट्टराईले बजेटले मुलुकको हित नगर्ने बताए । ‘यो चौबाटोमा उभिएको बजेट हो । गन्तव्य प्रष्ट नभएकोले यो कतै पनि जाँदैन । यो अल्मलिएर चौबाटोमै बस्छ र यसबाट मुलुकलाई कुनै हित हुनेवाला छैन’, उनले भने । प्रतिनिधिसभामा २ घण्टा ५५ मिनेटसम्म शान्तिपूर्वक बजेट वाचन गर्नु नै अर्थमन्त्रीको सफलता भएको व्यंग्य भट्टराईले गरे । ‘यसपटक अर्थमन्त्रीज्यूले बोक्नुभएको बजेट वक्तव्यको ब्रिफकेश तोडफोड भएन । संसदमा माननीय सदस्यहरु बस्ने कुर्सी भाँचिएनन्, संसदका माइकहरु भाँचिएनन् र अर्थमन्त्रीले शान्तपूर्वक २ घण्टा ५५ मिनेट लगाएर बजेट पढ्न पाउनुभयो । सायद हाम्रो लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व हुँदै गएको छ’, भट्टराईले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);