'बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी पुँजी मै निर्माण गरिने' | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

काठमाडौँ, ८ मंसिर। सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलविद्युत् आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गरिने बताए।

सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै गत कात्तिक २७ गते बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो।

प्रचण्ड नेतृत्व सरकारले चिनियाँ कम्पनि गेजुवालाई दिने समझदारी गरेको थियो।