मौन अवधीमा आचार संहिता उल्लघन गरेको भन्दै देवयानीमाथि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

मौन अवधीमा आचार संहिता उल्लघन गरेको भन्दै देवयानीमाथि आक्रमण

चौतारा , ८ मंसिर। निर्वाचन मौन अवधिमा चुनावीसभा गरेको भन्दै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीलाई बाम गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन्।

शुक्रबार विहान चौतारा नगरपालिकाको कल्लेरीस्थित कांग्रेस नेता यज्ञप्रसाद दंगालको घरमा स्थानीय भेला गरेर च्ुनावी सभा गरेको भन्दै वाम पन्थी कार्यकर्ताले उनीमाथि अक्रमण गरेका थिए।

सो क्रममा विवाद हुँदा एकजनाले पानीको जार उठाएर देवयानीमाथि प्रहार गरिएको थियो तर उनलाई संयोगवस नलागेको उनका कार्यकर्ताले जानकारी दिएका छन्। मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले र माओवादीका कार्यकर्ताले बिरोध जनाएका हुन् ।

पानीको जारले देवयानीलाई लाग्न पाएन । उनलाई तत्कालै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले सो ठाउँबाट भगाएको बताइएको छ । उनलाई नेपाल सेनाले स्कर्टीङ गर्दै काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।

उनीे बुवालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी थिइन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);