बंग्लादेशमा डाक्टर पढ्न जानेहरु बु्झेर मात्र जानुहोस्, नत्र अलपत्रमा परियला! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बंग्लादेशमा डाक्टर पढ्न जानेहरु बु्झेर मात्र जानुहोस्, नत्र अलपत्रमा परियला!

काठमाडौँ, ८ मंसिर। नेपाल मेडिकल काउन्सिलले बंगलादेशमा एमबीबीएस र बीडीएस पढ्न जाने विद्यार्थीलाई बुझेर मात्र जानको लागि आग्रह गरेको छ। नेपालबाट बंगलादेशमा एमबीबीएस र बीडीएस पढ्न गएका झण्डै दुईसय जना विद्यार्थीहरु अवैधानिक कलेजमा भर्ना भएर अलपत्र परेको पाइएपछि काउन्सिलले बुझेर मात्र जानको लागि आग्रह गरेको छ।

काउन्सिलका प्रवक्ता डाक्टर दिलिप शर्माका अनुसार बंगलादेशमा रहेको नेपाली दूतावासले झण्डै २ सय जना नेपाली विद्यार्थी पढिरहेका कुनै कलेजले सरकारी मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्बन्धन नलिएको र कुनै दर्ता नै नभएको पाइएको जानकारी काउन्सिललाई गराएको छ ।

अलपत्र रहेकाहरुलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको काउन्सिले जानकारी दिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);