बेपत्ता जहाजमा १६ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

बेपत्ता जहाजमा १६ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक सवार

काठमाडौं । पोखराबाट उडेर बेपत्ता भएको तारा एयरको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेका खुलेको छ । जसमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । जहाजमा चालक दलका क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल, उयर होस्टेज क्रिष्टी थापा तथा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसादेवी तामाङ सवार छन् ।  यसैगरी  बान्देकर वैसवी, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी,  मेइक ग्रीटग्राफ र वी विलनर पनि जहाजमा सवार रहेका खुलेको छ ।

Leave a Reply

ताजा समाचार