रेनु दाहाल चढेको सवारी सवारी दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

रेनु दाहाल चढेको सवारी सवारी दुर्घटना

काठमाडौं । भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ। टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ। रेनुकी बहिनी गंगा दाहालका अनुसार दुर्घटनामा परेर घाइते भएकी रेनुलाई अस्पताल लगेर सिटीस्क्यानु गरिएको छ। ‘टाउकोको बाहिरी भागमा मात्रै चोट लागेको चिकित्सकहरूले बताउनुभएको छ,’ उनले भनेकी छन्, ‘अहिले डिस्चार्जको तयारी भइरहेको छ।’ रेनुको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै गंगाले बताइन्।

Leave a Reply