सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा प्रस्ताव

china biman

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रमोद साहले सर्लाहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले सर्लाहीको मूर्तियासहितका स्थानमा साढे हजार हेक्टर जमिन रहेको भन्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रस्ताव गरे ।

निजगढमा विमानस्थल बनाउँदा वन मासिने भन्दै आफूले पहिले नै विरोध जनाएको र अहिले सर्वाेच्च अदालतले पनि पर्यावरणलाई ध्यानमा राखेर निजगढमा विमानस्थल बनाउन रोकेको उनको भनाइ छ । निजगढबाट १५ मिनेटमै सर्लाही पुगिने र पूर्व–पश्चिम राजमार्गमा जोडिएको सर्लाहीको मूर्तियासहितका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने साहको जोड छ । बिहीबार सर्वाेच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको भोलिपल्टै शुक्रबार उनले मौखिक रुपमा संसदमा उक्त प्रस्ताव गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);