काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय विक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
ताजा समाचार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि
१६ घन्टा अघि
राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची
१७ घन्टा अघि