निर्वाचनमा खटिएका कर्मचारी बीच बाटोमै कुटिए | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

मदन वि.क.
बाजुरा, ७ मंसिर । बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं. ५ कोटिलामा रहेको नन्देश्वरी माविको मतदान केन्द्रमा जाँदै गर्दा निर्वाचनका लागि खटिएका कर्मचारी बीच बाटोमै कुटिएका छन् ।

पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराउनका लागि खटिएका सिराहा जिल्लाको सिराहा नगरपालिका १९ सन्हेठा घर भई हाल विच्छ्या माविमा शिक्षण गराउँदै आएका विन्देश्वर प्रसाद यादव कुटिएका हुन् ।

यादवलाई बुधवार दिउँसो तीन जनाको अज्ञात समुहले बडिमालिका नगरपालिकोको पोरखे लेखको बाटोमा हिँड्दै गर्दा कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका यादवको जिल्ला स्वास्थ्य कार्यालयको इमरजेन्सी कक्षमा उपचार भईरहेको छ । घाइते यादवको डाढ, खुट्टा र पिठ्युँमा चोट लागेको छ ।

उपचाररत यादवले आफुलाई एक्कासी ३ जनाको समुहले आक्रमण गरेको बताएका छन् । यादवले भने आफुसंग भएको १२ हजार नगद सहित लुटेर लगेको बताएका छन् । घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरिक्षक हरि वलीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);