हेटौंडा । बागमती प्रदेश सरकारले १३ जेठमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले १३ जेठ बिहान ११ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरूप ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउने कार्यविधि पास गरेको छ । साथै बैठकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।
बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
ताजा समाचार
फेवाताल संरक्षणमा पाेखरा महानगरकाे अग्रसरता
१० घन्टा अघि
ट्राफिक लाइट नियममा कडाइ, पालना नगर्नेहरु कारबाहीमा
११ घन्टा अघि




