काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारपछि माओवादीका उम्मेदवार बढी पालिकामा विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हाल मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन् । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये हालसम्म ६३५ वटा पालिकामा मतगणना सम्पन्न भइसकेको छ ।
माओवादीले जित्यो १११ पालिकाको प्रमुख
ताजा समाचार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि
१७ घन्टा अघि
राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची
१९ घन्टा अघि