सेजमा ८ महिनाभित्र बिद्युत ः मन्त्री जोशी | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

सेजमा ८ महिनाभित्र बिद्युत ः मन्त्री जोशी

विवेक विश्वकर्मा
भैरहवा, ५ फागुन । बिशेष आर्थिक क्षेत्र (सेज) मा ८ महिना भित्र बिद्युत पुग्ने उद्योग मन्त्री नविन्द्र राज जोशीले आश्वासन दिएको छन । भैरहवामा रहेको बिशेष आर्थिक क्षेत्र कार्यालयको उदघाटन गर्दै मन्त्री जोशीले उद्योगहरु स्थापना हुदा सम्म सेजमा १ सय ३८ केभिए सम्मको बिद्युत पुगि सक्ने आश्वासन दिएका हुन । कार्यक्रममा बोल्दै

सेजमा ८ महिनाभित्र बिद्युत ः मन्त्री जोशी

विवेक विश्वकर्मा
भैरहवा, ५ फागुन । बिशेष आर्थिक क्षेत्र (सेज) मा ८ महिना भित्र बिद्युत पुग्ने उद्योग मन्त्री नविन्द्र राज जोशीले आश्वासन दिएको छन ।
भैरहवामा रहेको बिशेष आर्थिक क्षेत्र कार्यालयको उदघाटन गर्दै मन्त्री जोशीले उद्योगहरु स्थापना हुदा सम्म सेजमा १ सय ३८ केभिए सम्मको बिद्युत पुगि सक्ने आश्वासन दिएका हुन । कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष राम कुमार शर्माले बिद्युत आपूर्ति नभए सम्म सेजमा उद्योगको स्थापना नै अन्यौलमा रहने बताए पछि मन्त्री जोशीले उक्त भनाई राखेका हुन । “तपाईहरु ढुक्क भएर लगानी गर्नुस, उद्योग शुरु हुदा नहुदै मैले यहा बिद्युतको ब्यावस्था गर्नेछु ।” उनले भने ।

यसका साथै मन्त्री जोशीले उदघाटन भए लगतै सेज प्रांगणबाट नै सेजको कार्यालय मार्फत एकद्धारा प्रणाली अन्र्तगत उद्योगीहरुलाई सुविधा प्रदान गर्ने बताए । उनले उद्योग दर्ता देखी दर्ता सम्बन्धि अन्य सबै प्रक्रियाहरु सेजको कार्यालय बाट नै प्रदान गरिने जानकारी दिए । निजि क्षेत्र र सरकार हातेमालो गरि सकारात्मक रुपमा अगाडी बढे मात्र देशले नियर्नतजन्य उद्योग मार्फत देशका उन्नती हुनेमा उनले जोड दिए । भैरहवाको बिशेष आर्थिक क्षेत्र अन्य सेजहरुको नमूनाको रुपमा रहेको कारण यसलाई सूचकको रुपमा बिकसीत गर्न उनले रुपन्देहीका राजनैतिक दलका प्रतिनिधि तथा उद्योगीहरुलाई आग्रह गरे । नेपालमा लघु उद्यम मार्फत १० बर्ष भित्र नेपालीहरु नेपाली मजदुरको रुमा बिदेश जानु नपर्ने वातावरण बनाउने कार्यक्रम ल्याई रहेको जोशीको भनाई छ ।

कार्यक्रममा बोल्दै बिशेष आर्थिक क्षेत्रका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले भैरहवा जस्तै देशका अन्य १५ वटा भागमा बिशेष आर्थिक क्षेत्र निर्माण गर्न लागेको जानकारी दिए । उनले अहिले भैरहवामा रहेको सेजमा २१ वटा उद्योगहरु सञ्चालन प्रयोजनको लागी दर्ता भै सकेको जानकारी दिए । यस संगै भैरहवाको सेजमा ५ अरब बढी लगानी भएको र करिब ५ हजार जना मजदुरले रोजगारी पाउने कार्यकारी निर्देशक भट्टले बताए ।
सेज कार्यालय उदघाटन कार्यक्रममा उद्योग राज्य मन्त्री कञ्चन श्रेष्ठ, रुपन्देहीका सांसद ईश्तियाक अहमद खाँन लगायतले बोलेको थिए ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);