म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन विजयी भएको छन् । विहिवार सम्पन्न अन्तिम मत परिणाम अनुसार नेकपा एमालेबाट पालिका अध्यक्षको उम्मेदवार भरत पुनले ४ हजार ५८ मत र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत लिएर विजयी बनेका हुन् ।

उनीहरुको प्रतिस्पर्धी नेपाली काँग्रेसका क्या.बल बहादुर तिलिजाले ३ हजार ३ सय १६ र ललिता तिलिजा पुनले ३ हजार ३ सय ५८ मत लिएर पराजित भएका छन् । अध्यक्षमा भरत पुनले ७४२ र उपाध्यक्षमा दिवा पुनले ६५७ मतको फराकिलो अन्तरले जित निकालेका हुन् ।

वडा नम्वर ३ दानाको मतगणना सम्पन्न पस्चात विवाद उत्पन्न भई स्थगित भएको मतगणना निर्वाचन आयोगको निर्देशन र सर्वदलिय वैठकको निर्णय अनुसार बुधबार विहानदेखि सुचारु भएको थियो ।

अन्नपुर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै जिल्लाको मतगणना सम्पन्न भएको छ । स्थानीय तह निर्वाचन –२०७९ मा जिल्लामा एमालेले बेनी नगरपालिकामा प्रमुख, मंगला, मालिका र अन्नपुर्णमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेको छ ।

नेपाली काँग्रेसले रघुगंगामा अध्यक्ष, उपाध्यक्ष र धवलागिरीमा अध्यक्ष जितेको छ भने नेकपा माओवादीले बेनी नगरपालिकामा उपप्रमुख र धवलागिरीमा उपाध्यक्ष जितेको छ । जिल्लाको ६ वटा स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष गरि १२ पद मध्य ७ पदमा जित हाँसिल गरेको एमालेले जिल्ला समन्वय समितिको नेतृत्व गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);