मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

काठमाडौं । राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो ।

मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् । सर्वोच्चले पनि २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो ।

त्यहीबेला मनाङबाट उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भए । निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुनामुक्त भए । तर, थुनामुक्त गर्ने सर्वोच्चकै आदेशविरुद्ध पुनरावलोकन मुद्दा परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);