स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्थानीय निर्वाचन : १ लाख ४५ हजार उम्मेदवार

nirbachan ayog new

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन् । २० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ । केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्याजस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ । झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानून अनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);