माओवादीबाट एमालेमा प्रवेश गरेका मगरकाे नाम मेयर र वडाध्यक्षमा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माओवादीबाट एमालेमा प्रवेश गरेका मगरकाे नाम मेयर र वडाध्यक्षमा सिफारिस

महोत्तरी । हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७  वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लाे निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए ।

तर, चुनावकाे मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षकाे उम्मेदवारमा सिफारिस गरिएकाे हाे । उनी मेयरकाे उम्मेदवारका लागि दाेस्राे नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा एकल उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।

एमाले बर्दिबास नगर कमिटीले उम्मेदवार छनोट समितिको निर्णयअनुसार मेयरकाे उम्मेदवारमा टेकबहादुर बलाम्पालाई पहिलाे र  फाल्गुनलाई दाेस्राे नम्बरमा सिफारिस गरेकाे छ । दुबै पूर्वमाओवादी हुन् । एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोका अनुसार मेयरकाे अन्य दाबेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, सारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);