महोत्तरीबाट सिफारिसमा पर्ने अधिकांश बहालवाला सांसद, मतदाताको चाहना नयाँ अनुहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

महोत्तरीबाट सिफारिसमा पर्ने अधिकांश बहालवाला सांसद, मतदाताको चाहना नयाँ अनुहार

महोत्तरी।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीको सिफारिसमा पर्ने अधिकांश बहालवाला सांसद रहेका छन् । बर्षौदेखि एकै ठाउँमा जित्दै आएका नेतालाई पार्टीले पुनः सिफारिस गरेपछि उनीहरूले पाँच वर्षमा के के गरे भनेर लेखाजोखा हुन थालेको छ । देखावटी लोकप्रियताका लागि कतिपय सांसदले आफ्नो नाम जिल्लाका चार वटै क्षेत्रबाट सिफारिस गर्न समेत लगाएका छन् । मधेस प्रदेशका  संघीय मामिला सूचना सञ्चार तथा गृहमन्त्री भरतप्रसाद साह  जिल्लाका चारै क्षेत्रवाट सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा क्षेत्र १ (ख)बाट प्रदेशसभामा विजयी भएका साहले यस पटक संघ ताकेका छन् । साह मात्रै टिकटको दाउपेचमा लागेका छैनन् पूर्व उपप्रधानमन्त्री समेत भइसकेका सरद सिंह भण्डारीको नाम समेत महोत्तरीको तीन वटा क्षेत्रबाट सिफारिस भएको छ। २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद बनेका भण्डारी पुनः सोही क्षेत्रबाट लड्ने पक्का भए पनि नाम भने अन्य क्षेत्रबाट पनि सिफारिसमा परेको छ।
मधेस प्रदेशबाट सबैभन्दा बढी पटक मन्त्री बनेका भण्डारीले पटक पटक विभिन्न मन्त्रालय सम्हालि सकेका छन् । भण्डारी जस्तै पार्टीबाट सिफरिसमा परेका गिरिराजमणि पोखरेल, महन्थ ठाकुरले पटक पटक मन्त्री बनेर सत्ताको स्वाद चाखिसकेका छन् ।

नेताहरू चुनावमुखी भएको आरोप 
अधिकांश नेता चुनावमुखी मात्रै भएको काम केही नगरेको आरोप लाग्दै आएको छ । यसकारण महोत्तरीका मतदाताले पुराना नेताहरूलाई फरक ढंगले मुल्यांकन गर्ने धेरैको अनुमान छ । ‘जनता नयाँ अनुहार हेर्न चाहान्छन् भन्ने स्थानीय तहको निर्वाचनले पुष्टि गरेको छ,’ स्थानीय देवध्वज बस्नेतले भने ।माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीबाट ०६४ सालदेखि लगातार जित्दै आएका छन् । करिब दुई दशकमा पोखरेल स्वस्थ्यमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री बनिसके । तर, उनी जुन मन्त्री बने पनि जिल्लाको शैक्षिक, भौतिक र आर्थिक क्षेत्रमा खान परिवर्तन सर्वसाधारणले महसुस गर्न नसकेको आरोप छ। पोखरेलले मात्र यस्तो आरोप खेपिरहेका छैनन् । भण्डारीप्रतिको टिकाटिप्पणी र गुनासा पनि बाक्लै सुनिन्छ । भौतिक योजना तथा पुर्वाधार मन्त्री बनिसकेका भण्डारीले अन्य विकास त टाढाको बिषय पालिकाहरूको कार्यालयमा समेत पक्की सडक पु¥याउन नसकेको आरोप छ। अहिले पनि महोत्तरी रौतहटपछि कम साक्षर जिल्लामा पर्छ।
‘टिकट जो सुकैले लिएर आउन तर यस पालि भोट पार्टीगतभन्दा व्यक्ति हेरिन्छ,’ बर्दिबास नगरपालिकाका राज स्याङ्तानले भने।

महोत्तरीमा लोसपा, जसपा, कांग्रेस, माओवादी केन्द्र, एमालेमा जनप्रतिनिधिसँगै युवा नेताहरूको पनि नाम सिफारिस गरेको हुनाले टिकटमा पूराना जनप्रतिनिधिलाई भन्दा नयाँलाई अवसर दिनुपर्ने नेताहरूको तर्क छ।

नेकपा एमालेका नेता चन्द्रबहादुर बिकले पुरानाले नयाँ अनुहारलाई अवसर दिनु पर्ने तर्क गर्दै पार्टीले यसतर्फ ध्यान दिन आग्रह गरे।

 

Leave a Reply