फागुन ४, रामेछाप नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । आउने बैशाखमा स्थानीय नीकायको निर्वाचन गरी त्यस पछि मंसिरभित्र संघिय र राष्ट्रिय निर्वाचन गर्नु पर्ने देउवाले बताए । रामेछापको बेथानमा निर्माण गरिएको सहिद गोविन्द खड्काको शालिक अनावरण पछि अयोजित सहिद परिवारको सम्मान कार्यक्रममा बोल्दै देउवाले सो कुरा बताएका हुन् । गोविन्द खड्काको १५ ओ स्मृति दिवसको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै देउवाले नेपाल अहिले पनि संक्रमणमा रहेको बताउवउँदै ३ वटै तहको निर्वाचन नसकि संक्रमणको अन्त नहुने बताए ।
देशमा संक्रमणको अन्त गरी समृद्धि र विकासको लागि निर्वाचन पहिलो आधार भएको देउवाले बताए । कार्यक्रममा बोल्दै यातायात व्यवस्था मन्त्री रमेश लेखकले र्वतमान सरकार निर्वाचन र संविधान कार्यान्वनको २ वटा एजेण्डा लिएर गठन भएको बताउँदै त्यसलाई पुरा गर्न सरकार लागि रहेको बताए । उनले संविधान प्रति देखिएको असन्तुष्टिलाई संवोधन गर्न संसदमा पेस भएको संसोधन विधेयक माथि छलफल र गरी मतदान गर्ने प्रक्रियालाई कसैले रोक्न नसक्ने बताए । सहिद गोविन्द खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा नेपाली काँग्रेसका पूर्वसचेतक लक्ष्मणप्रसाद घिमिरे, नेपाली काँग्रेसका केन्द्रिय सदस्य मनमोहन भट्टराई, श्याम घिमिरे,सांसद शिवबहादुर खड्का, आङटावा शेर्पा, तिर्थ लामा लगायत काँग्रेसका नेताहरुले सहिदको सपना पुरा गर्न सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।