मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा, राति कार्यक्रम नगर्न सुझाब | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

लमजुङ, ५ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ। निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताए । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछिनै गरिने बताइएको छ।

सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए। साथै सुरक्षा अधिकारीहरुले राजनीतिक दललाई रातिको समयमा कार्यक्रम नगर्न सुझाव दिँदै सुरक्षामा शंका लागेमा प्रशासनलाई जानकारी दिनसमेत आग्रह गरेको छ।

ताजा समाचार