नेपाल-भारत सीमा नाका तीन दिन बन्द गरिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

काठमाण्डौँ, ५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ ।

निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमा नाका झुलाघाट र दार्चुला ७२ घण्टाका लागि बन्द गरिने भएको हो ।

चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमा नाका झुलाघाटमा आवतजावत बन्द प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले बताए । उक्त समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रुले नाकाबाट आवतजावत गर्न पाउने छैनन् ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);