सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे

काठमाडौँ । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ । यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);