उत्तर कोरिया आतंकवाद प्रायोजन गर्ने राज्यको सूचीमा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

काठमाडौँ, ५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ‘आतंकवादको प्रायोजन गर्ने राज्य’को सूचीमा फेरि समावेश गर्न लागिएको घोषणा गरेका छन्। नौ वर्षअघि अमेरिकाले उत्तर कोरियालाई उक्त सूचीबाट हटाएको थियो। मन्त्रिपरिषद्को एउटा बैठकमा ट्रम्पले भने उक्त कदमले निकै ठूलो अतिरिक्त प्रतिबन्धहरुतर्फ डोर्‍याउनेछ जसको घोषणा आज मंगलबार गरिनेछ।

तर त्यसपछि विदेशमन्त्री रेक्स टिलर्सनले त्यसको व्यवहारिक असरहरु सीमित हुने स्वीकार गरे। ह्वाइट हाउसमा उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भने, यो धेरै समय पहिल्यै भइसक्नुपर्थ्यो। गत सेप्टेम्बरमा अमेरिकाले उत्तर कोरियाविरुद्ध तेलमा प्रतिबन्ध र नेता किम जङ(अनका सम्पत्ति रोक्का गर्नेसहितका प्रतिबन्धहरु लगाउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव गरेको थियो।

उत्तर कोरियाले छैटौँ पारमाणविक परीक्षण र पटक पटक क्षेप्यास्त्रहरुको परीक्षण उक्त कदम चालिएको थियो। आतंकवादको प्रयोजन गर्ने राज्युको सूचीमा अब इरान, सुडान र सिरियासँगै उत्तर कोरिया थपिएको छ। अमेरिकी सरकारका अनुसार ती देशहरुले अन्तर्राष्ट्रिय आतंकवादका क्रियाकलापका लागि लगातार सहयोग गरेको ठानिन्छ। यसअघि पनि उत्तर कोरिया आतंकवादको प्रायोजन गर्ने देशको सूचीमा थियो।

तर उसको पारमाणविक कार्यक्रमसम्बन्धी वार्ताको एउटा हिस्साको रुपमा सन् २००८ मा तत्कालीन जर्ज डब्ल्यु बुश प्रशासनले उक्त सूचीबाट उत्तर कोरियालाई हटाएको थियो। उत्तर कोरियाली थुनाबाट रिहा गरिएको केही समयपश्चात अमेरिकी विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएपछि उक्त मुलुकलाई आतंकवादको प्रायोजन गर्ने राज्यको सूचीमा समावेश गराउने अभियानले तीव्रता पाएको थियो।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);