बालकोटस्थित सहकारीबाट नगद चोरी   | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बालकोटस्थित सहकारीबाट नगद चोरी  

chori-theft

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ । सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);