नगरकोटबाट १३ जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नगरकोटबाट १३ जुवाडे पक्राउ

भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले कौडा खेल्ने १३ जनालाई आठ लाख २२ हजार ६० र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);