चुनावको मुखमा पनि किन तोकिएन गृहमन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडाैं । निर्वाचनको सामुन्नेमा श्रृखलाबद्ध रुपमा बम विस्फोटका घटना भइरहेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खटकिएको छ । एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

सोमबार मात्रै गृह मन्त्रालयमा आयोजीत प्रदेश नम्बर तीनको सुरक्षा बैठकमा उपस्थित हुनेगरी पहिलोपटक प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवा मन्त्रालयमा पुगेका थिए । कार्यक्रममा करिब आधा घन्टा बसेका देउवा त्यसलगत्तै वालुवाटार पुगेका थिए । गृहका उच्च अधिकारीका अनुसार निर्वाचनका बेला प्रत्येक पल पलमा गृहमन्त्रीको ठाडो निर्देशन पर्खिनुपर्ने बेलामा प्रधानमन्त्री ब्यस्त हुँदा कतिपय तत्काल गर्नुपर्ने काम प्रभावित हुने गरेका छन् ।

माओवादी मन्त्री शर्मालाई बिना बिभागिय बनाईएपछि प्रधानमन्त्रीले पार्टीभित्रका कोही विश्वास पात्रलाई गृह मन्त्रालयको भूमीका सुम्पने केहीको विश्वास थियो । तर पार्टीभीत्र गृहमन्त्रीका आकंक्षी धेरै भएको र चुनावको मुखमा महत्वपुर्ण मानिने मन्त्रालय कसैलाई सुम्पिदा त्यसले पार्टीभीत्र कलह बढाउने आँकलनपछि प्रधानमन्त्री देउवाले गृह मन्त्रालयका जिम्मेवारी पनि आफैले सम्हाल्ने निर्णय गरे ।

फोरम लोकतान्त्रिक छाडेर कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारदेखि संचार मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहन बस्नेतसम्म गृहमन्त्रीको आकांक्षी थिए । एक कांग्रेस नेताका अनुसार चुनावको मुखमा पार्टीभित्र असन्तुष्टी बढने र भद्रगोल अवस्था सिर्जना हुने भयले प्रधानमन्त्री देउवा आफैले गृह मन्त्रालयले सम्हाल्ने निर्णयमा पुगेका थिए ।

पूर्वगृह सचिव श्रीकान्त रेग्मी प्रधानमन्त्रीले नै गृहमन्त्रालय सम्हाल्दा सुरक्षा संवेदनशिलताका ससाना कुरामा गृहमन्त्रीले समयमै निर्णय गर्न नसक्ने परिस्थिती आउने बताउँछन् । रेग्मीका विचारमा अहिले पनि गृहमन्त्रीको प्रत्यक्ष भुमिकाको अभाव गृह मन्त्रालयमा खटकिएको हुनुपर्छ । उनले भने, ‘चुनावी सुरक्षा गतिलो हुन नसिकेको वा आवश्यकता अनुसार हुन नसकेको दिनदिनै हुने विस्फोटका घटनाहरुले प्रमाणीत गरिसकेको छ ।’ उनको बुझाईमा त्यसै त कार्यव्यवस्तताबाट गुज्रिनुपर्ने प्रधानमन्त्रीले गृह मन्त्रालय पनि सम्हालेपछि गृहमन्त्रालयले भनेजस्तो र तत्काल निर्णय गर्न कसरी सकोस् ? – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);