राज्य पक्षका मान्छे छोप्ने नेपाल कम्युनिष्ट पार्टीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

मङ्सिर ४, सल्यान । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचन विथोल्न लागिपरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले राज्यपक्षका मान्छे पक्रने चेतावनी दिएको छ। विनाकारण प्रहरीले आफ्ना कार्यकर्ता छोपेको भन्दै उसले सरकारी मान्छेलार्इ नियन्त्रणमा लिने चेतावनी दिएको हो।

नेकपाका सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वले भने- ‘हाम्रा तीन जना मान्छे प्रहरीले छोपेको छ, हामी राज्यपक्षका पाँच सात जना मान्छे छोप्ने तयारिमा छौँ।’ आफ्नै घरमा रहेर काम गरिरहेको अवस्थामा श्रीनगरबाट कृष्ण ओली, फालावाङबाट धन बहादुर विष्ट र रामपुर काल्चेबाट तुल्सी ओलीलार्इ प्रहरीले छोपेको नेकपाले दाबी गरेको छ।

उनले आफना कार्यकर्तालाइ तुरुन्त रिह गर्न माग गरेका छन् । यद्यपि प्रहरीले भने उनीहरुलाइ सोधपुछका लागी नियन्त्रणमा लिइएको जनाएको छ । राज्य जसरी आउँछ आफुहरु पनि त्यसैगरी प्रस्तुत हुने नेकपाका जिल्ला इन्चार्ज विश्वले बताए।

यो संसदिय व्यवस्थाको चुनावबाट निर्वाचीत हुने व्यक्तिहरु दलाल, भ्रष्ट हुने भएकाले आफुहरु यो व्यवस्थाका विरुद्धमा लागेको बताए। आम नागरिकका गास, बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आवश्यकताहरु पुरा गर्नका लागी वैज्ञानीक समाजबाद आवश्यक रहेको र त्यसका लागी एकिकृत जनक्रान्ति आफ्नो पार्टिले अगाडी बढाइरहेको विश्वले बताए।