भरतपुर मेयर कप क्रिकेट : मकवानपुरसँग नवलपुर पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भरतपुर मेयर कप क्रिकेट : मकवानपुरसँग नवलपुर पराजित

चितवन । ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर विजयी भएको छ ।  रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगितामा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

मकवानपुरले दिएको २२४ रनको लक्ष्य पछ्याएको नवलपुर ३०.२ ओभरमा १०७ रनमै अलआउट भएपछि मकवानपुरले फराकिलो जित हात पारेको हो । 

नवलपुरका लागि किशोर महतोले ४३ बलमा ३८ रन बनाए । कमल परियारले २३ बलमा २१ रन बनाए भने दीपक डुम्रेले १२ रन बनाए । अन्य ब्याटरहरूले दोहोरो अंक जोड्न सकेनन् । 

मकवानपुरका लागि रामनरेश गिरी, समिर चौलागाईं र विपुल खनालले समान २/२ विकेट लिए भने रिजन ढकाल र असिम श्रेष्ठले एक÷एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४१.५ ओभरमा २२३ रन बनाउँदै अलआउट भयो । मकवानपुरका लागि सुव कंशकारले ३३ बलमा ५७ रन बनाए भने रिजन ढकालले ७१ बलमा ५६ रन बनाए । ओपनर गौरव खड्काले ३८ रन बनाए । मकवानपुरका लागि गौरव र सुवले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । 

यस्तै नवलपुरका लागि कमल परियारले १० ओभरमा ३० रन खर्चिंदै महत्वपूर्ण चार विकेट लिए भने अप्रजित पौडेलले १० ओभरमा ३२ रन खर्चिएर चार विकेट लिन सफल भए ।

विशाल पौडेल र रिजन काफ्ले समान एक/एक विकेट लिए । खेलमा मकवानपुरका रिजन ढकाल प्लेयर अफ दि म्याच चुनिए ।  प्रतियोगिमा उत्कृष्ट सुरुवात गर्दै मकवानपुर लिगको पहिलो स्थानमा रहेको छ भने एक जित र एक हारसहित नवलपुर दोस्रो, पहिलो खेलमा नवलपुरसँग पराजित चितवन तेस्रो तथा अन्तिम स्थानमा छ । 

प्रतियोगिता अन्तर्गत बुधबार चितवन र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ । चितवनले मकवानपुरलाई फराकिलो अन्तरले पराजित गर्न सके मात्र फाइनलमा स्थान बनाउनेछ । हार व्यहोरेमा मकवानपुर र नवलपुर उपाधिका लागि भिड्ने छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);