न्यायिक समितिकाे महासंघ गठन, गुरुङ बनिन् अध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

न्यायिक समितिकाे महासंघ गठन, गुरुङ बनिन् अध्यक्ष

पाेखरा । न्यायिक समितिकाे राष्ट्रिय समिति गठन भएकाे छ ।

पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन गरेको हाे । समितिमा बिराटनगरकी उपमेयर इन्दिरा कार्की, धरानकी उपमेयर मन्जु भण्डारी, धुलिखेलकी बिमलाकुमारी शर्मा फलेवासकी मञ्जु अधिकारी सदस्य छन् ।

कन्चनपुर पुनर्वासकी शारदा शर्मा विष्ट, सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, रिव्दीकाेटकी लक्ष्मी खनाल, सबैला नगरपालिका उपमेयर दुर्गा प्रसाद राय, जैमिनी नगरपालिका उपमेयर लिला थापा राना र इन्द्रावती गाउँपालिका उपाध्यक्ष रविन्द्र कुमार खाती सदस्य छन् ।

समितिले न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने बताइएकाे छ । १४ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समेत सकिएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);