चुनावी गठबन्धनबारे कांग्रेस केन्द्रीय कमिटीले भोलि निर्णय गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चुनावी गठबन्धनबारे कांग्रेस केन्द्रीय कमिटीले भोलि निर्णय गर्ने

काठमाडौं । नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे भोलि मात्र निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले यसबारे भोलि मंगलबार निर्णय गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘आजको बैठकमा बोल्ने क्रम सकियो । केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभयो । भोलि ३ बजे बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ प्रवक्ता महतले भने । 

आजको बैठकमा घर घर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानको समेत मूल्यांकन गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);