राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

काठमाडौँ, ४ मंसिर । गायक राजेशपायल राक्ष्ईले सोचेका थिएनन्, जिन्दगीमा यति ठुलो सरप्राईज पाईन्छ भनेर । केही बर्षयता उनी बर्सेनी अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, अमेरिका यात्रा भने अलि भिन्न र महत्वपुर्ण रह्यो । उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेय डा. कार्डिट एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक बर्ष त्यो सहरले नोभेम्बर ५ को दिनलाई राईज किङ डे का रुपमा मनाउनेछ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा लेखिएको छ राजेश पायलको सातौं अमेरिका भ्रमणको क्रममा रोचेस्टर सहरकी मेयर लभ्ली वारेन र उपमेयर डा. कार्डिक एल अ‍ेक्जन्डरले यस्तो सम्मान गरे अब हरेक वर्ष नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ को रुपमा मनाउने छ।

‘म त सो गर्न मात्र अमेरिका गएको थिएँ । सम्मान मेरो लागि पनि सरप्राइज नै भयो,’ केही दिन अघिमात्र नेपाल फर्किएका उनले भने, ‘नेपाली गीत गाएर अमेरिकाको राज्यले सम्मान गर्नु यो मेरो मात्र उपलब्धि होइन, नेपाली गीतसंगीतकै ठूलो गौरवको विषय हो।’

ताजा समाचार